‘नेपाल आउने अधिकांश पर्यटक ठमेलमा’

काठमाडाैं | असोज १२, २०७९

‘नेपाल आउने अधिकांश पर्यटक ठमेलमा’

 

काठमाडौँ:  विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा गरिएको छ ।

 

ठमेल पर्यटन विकास परिषद्ले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज  सञ्चयकोष–ज्याठा–जेपी मोड–चाक्सिबारी–सातघुम्ती–पिपलबोट– अस्कल क्याम्पस हुँदै सञ्चयकोष भवनसम्म पदयात्रा गरेको हो । 

 

कार्यक्रममा परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाबाट थला परेको पर्यटन क्षेत्रलाई पुनउत्थान गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालमा आउने अधिकांश पर्यटक ठमेल घुम्न आउँछन्, पर्यटकलाई नेपालको बारेमा सकारात्मक सन्देश दिन आज दिनभरि विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउँछौँ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रमा एक सिजनमा सातदेखि १० हजार पर्यटक आउने उहाँको भनाइ छ ।

 

 ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसर पारेर आज दिनभर चोकचोकमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै आज साँझ सुकुल भोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ पर्यटन व्यवसायी केशव पाण्डेले पर्यटन क्षेत्रको विकास भएमात्र देशको विकास हुने बताउनुभयो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्